९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५४ वर्षीय पुरुष पक्राउ

0
266

कास्की । पोखरामा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्याङ्जाबाट एक जना पक्राउ परेका छन् । पोखरा रामबजारकी ९ वर्षीया बालिकामाथि ललाइफकाइ बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।

बालिका बलात्कार गरेको छिमेकीले सुइँको पाएपछि रेसबहादुर फरार थिए । आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएर थप अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाका बाबुआमा दुवै जना विदेश छन् । उनी बालिकाको छिमेकी हुन् । प्रहरीका अनुसार पुरानो घर स्याङ्जा भएका उनले बालिकालाई चकलेट खान दिने, फकाउने र अनैतिक काम गर्न लगाएका थिए।

बालिकाले ४/५ महिनादेखि उनले यस्तो काम गर्दै आएको बताएकी छन् । बालिकाको मेडिकल जाँचसमेत भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया