चेन्नाई पछि पञ्जाब आईपीएल बाट बाहिरीयो, चेन्नाई सँग ९ विकेटले पराजीत

0
114

हाम्राेप्रयास । किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ । आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले १८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । चेन्नईलाई जित दिलाउन रुतुराज गायकवाडले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै फाप डु प्लेसिसले ४८ रन जोड्दा अम्बाती रायडुले अविजित ३० रन बनाए ।

पन्जाबका क्रिस जोर्डनले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । पन्जाबका लागि दिपक होडाले अविजित रहदै ६२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै पन्जाबको इनिङ्स उकासेका थिए । यस्तै कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए । मन्दिप सिंहले १४ तथा क्रिस गेलले १२ रन बनाए ।

चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

चेन्नईसँग पराजित भएसँगै पन्जाब आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको छ । पन्जाबले १४ खेलमा १२ अंक जोड्यो ।  पन्जाब पाँचौं स्थानमा रहेको छ ।

चेन्नई भने यस अघि नै बाहिरिसकेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको चेन्नईले पनि १४ खेलमा १२ अंक जोडेको छ ।तर, चेन्नईले जितसँगै सिजनको सुखद अन्त्य गरेको छ ।

प्रतिक्रिया