भारतिय सेना प्रमुख नरभणे दिउँसो काठमाण्डौ आइपुग्ने

0
127

हाम्राेप्रयास । भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लागेका हुन ।

भारतीय सेनाको विशेष विमानमार्फत नरभणाे र उनकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । उनलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने कार्यक्रममा रहेको छ ।

नक्सा विवादका कारण केही महिनादेखि नेपाल र भारतबीच औपचारिक रुपमा राजनीतिक तहमा छलफल नभईरहेको समयमा उनले नेपाल भ्रमण गर्न लागेका हुन् । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका नरवणेको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ ।

भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने  दिनभर नै व्यस्त हुनेछन्र । नरभणे ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुनेछ ।

प्रतिक्रिया